राष्ट्रपतिद्वारा दनुवार बस्ती हस्तान्तरण


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

जिल्लाकै बिपन्न र सिमान्तकृत दनुवार समुदायको बसोबास रहेको इन्द्रावती गाउँपालिका–१२, भिमटारमा निर्मित नयाँ एकिकृत बस्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तन्तरण गरेकी छन् ।

एसओएस बालग्रामले निर्माण गरिदिएको एक सय ७७ परिवारको घर वडा अध्यक्ष कमलरत्न दनुवारलाई प्रदान गर्दै औपचारिक रुपमा आइतबार बस्ती हस्तान्तरण गरिएको हो ।

बस्तीसँगै उनले २७ करोड रुपैयाँ लागतमा बनेको एक विद्यालय र एक सामुदायिक भवन राष्टपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन् । भूकम्पले शतप्रतिशत घर ढलेको भिमटारस्थित दनुवार बस्तीका सबै घर एसओएस बालग्रामले निर्माण गरिदिएको थियो । घर निर्माणपछि हस्तान्तरण गर्न गाउँ आएकी राष्टपति भण्डारीको गाउँलेले भव्य स्वागत गरे ।

उनले विद्यालय प्रांगणमा वृक्षारोपण गरेकी थिइन् । हेलिकोप्टरबाट ओर्लने बित्तिकै राष्टपति भण्डारीले एसओएसद्धारा निर्मित दुई सर्व साधारणको घरको अवलोकन गरेकी थिइन् । भूकम्पपछि यस क्षेत्रमा आएको एसओएस बालग्रामले आफ्नो घर बनाएकोमा स्थानीयले कार्यक्रमपछि खुसी मनाएका छन् । आफ्नो हैसियत भन्दा उत्कृष्ट घर समयमै निर्माण भएकोमा उनीहरुले खुसी मनाएका हुन् ।

सीमान्तकृत बस्ती निर्माण गरेको एसओएसलाई उनले सरकारलाई सहयोग गरेकोमा भण्डारीले धन्यवाद दिइन् । ‘विपन्न वर्गलाई सहयोग गरेकोयो काम निकै प्रशसनीय छ,’ उनले भनिन् ।

उनले सिन्धुपाल्चोक नेपालकै नमूना जिल्ला भएको बताउँदै लगानीमैत्री वातावरण निर्माण गरि गाउँमै रोजगारी भित्र्याउनुपर्नेमा जोड दिइन् । ‘सिन्धुपाल्चोकलाई समृद्ध बनाउने काम अगाडी बढ्नेछ, यसको संरक्षणको अगुवाई स्थानीय सरकारले गर्नुपर्छ ।’ उनले भनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com