सबै प्रकारका सिन्डिकेट खारेज गर्ने : मन्त्री यादव


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

वैशाख १६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले देश र जनताको हित प्रतिकूल रहेका सबै प्रकारका सिन्डिकेट खारेज गर्ने चेतावनी दिएका छन्। मन्त्री यादवले उदारीकरणको नाममा उद्योग धन्दा बेचेर खाने काम विगतमा हुने गरेको उल्लेख गर्दै अब त्यसो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे। आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले लोडसेडिङ अन्त्य गराउने जस्ता सुःखद् काम मुलुकमा सुरु भइसकेको उल्लेख गरे। सरकारले त्यस्ता कामलाई अघि बढाउन उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे। मन्त्री यादवले सरकार मुलुकमा भ्रष्टाचार हुन नदिन प्रतिबद्ध रहेको पनि स्मरण गरे। मन्त्री यादवले केही संचार मध्यमले अपराधजन्य गतिविधि गर्ने काम गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com