७८ वर्षमा नागरिकता


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

बैतडीको पञ्चेश्वर गाउँपालिका १ की हजारीदेबी साउँदले ७८ वर्षको उमेरमा नागरिकता पाएकी छन् । बैतडीको सबैभन्दा विकट क्षेत्र पञ्चेश्वर गाउँपालिका १ मा पर्ने सल्लाधाम्कडीकी हजारीले शनिबार गाउँमै घुम्ती शिविर गएको बेला नागरिकता बनाएकी हुन् ।

सदरमुकामबाट ३ दिनको पैदल दुरीमा पर्ने सल्लाधाम्कडीकी हजारीदेवीलाई यसअघि नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । नागरिकता नहुँदा उनी राज्यबाट पाउने सेवा सुविधाबाटसमेत थिईन् ।

पञ्चेश्वर २ का वडा अध्यक्ष दशरथ मंगोलाका अनुसार सदरमुकाम टाढा भएकोले त्यहाँका अधिकांश नागरिकका व्यक्तिगत घटनादर्ता बनाउँदैनन् ।

उनीहरुलाई व्यक्तिगत घटनादर्ता, नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । ७८ वर्षकी हजारीले पनि वडा अध्यक्ष लगायत जानेबुझेकाले नागरिकता भएमा बृद्धभत्ता पाइन्छ भनेपछि श्रीमानको किरियाकै बेला गाउँमै नागरिकता बनाएकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com