शिक्षक नै जान्छन् शौचालय छाडेर जंगलतिर


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

वैशाख १६, खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ।
तर खुला दिसामुक्त जिल्ला घोषित तेह्रथुमका दर्जनभन्दा बढी गाउँका शिक्षक शौच गर्न जंगल छिर्ने गरेका छन्।

यद्यपि शौच गर्न जंगलतिर जानु उनीहरूको रहर होइन, बाध्यता हो। सुक्खाग्रस्त गाउँका विद्यालयमा पढाउने शिक्षकहरू शौचालय भए पनि पानी नहुँदा शौचका लागि जंगल जान बाध्य भएका हुन्।

तेह्रथुमका फेदाप, छथर र आठराई गाउँपालिका तथा म्याङलुङ नगरपालिकाका धेरैवटा विद्यालयमा शौचालय त छन्, तर पानी नहुँदा प्रयोगमा आउन सकेका छैनन्।

त्यस्ता विद्यालयका शिक्षक र विद्यार्थी खुला ठाउँमै शौच गर्न बाध्य छन्। गाउँभन्दा टाढा रहेको आफ्नो विद्यालयमा शौचालय सञ्चालनका लागि पानी नहुँदा यस्तै समस्या बेहोरिरहेको फेदाप गाउँपालिका–१ स्थित बालमकर माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो विद्यालय नजिकै गाउँसमेत छैन। पिउने पानीसमेत शिक्षकले घरैबाट बोकेर लैजान्छन्। पानी अभावले विद्यालयमा गम्भीर समस्या निम्तिएको विद्यालयका एक शिक्षकले बताए।

विद्यालयमा निम्तिएको यस्तो समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण नभएको शिक्षकले गुनासो गरेका छन्। सुख्खा क्षेत्रका धेरै वटा विद्यालयमा यस्तो समस्या छ।

तेह्रथुम जिल्लालाई गत वर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ। जिल्लाका ९५ प्रतिशत बढी घरधुरीमा चर्पीसमेत बनिसकेको छ। तर अझै पनि सुक्खाग्रस्त गाउँका बासिन्दाले पानी अभावकै कारण चर्पी प्रयोग गर्न पाएका छैनन्।रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com