भारतले आकाशमा पनि कञ्जुस्याइँ गर्‍योः प्रधानमन्त्री


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए ।

‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’

प्रधानमन्त्री ओलीले भने, ‘आकाशबाट एउटामात्रै बाटो दिएको हुनाले हामीलाई अप्ठ्यारो छ, किनभने भारतले एउटामात्रै बाटोबाट हामीलाई पस्न दिन्छ । जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिराख्नुपर्ने कुनै आवश्यकता होइन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’

नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाउँदैछ । पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणका लागि प्रयासहरु भइरहेका छन् । तर, भैरहवा र निजगढ विमानस्थलमा उडान-अवतरणका लागि भारतले आफ्नो आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दै आएको अवस्था छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com