भारतमा पेट्रोल महँगो भएपछि नेपालबाटै तस्करी, बारा, पर्सामा पेट्रोलियम पदार्थको हाहाकार


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

वैशाख १६, वीरगंज। एक सातादेखि बारा, पर्साका विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थको हाहाकार सृजना भएको छ। रक्सौल हुँदै आयात हुने पेट्रोलियम पदार्थहरू सहजरूपमा यी जिल्लामा पाउन समस्या भएको छ। सार्वजनिक बिदा तथा टयांकर चालकको विवादले रक्सौलबाट एक दिन इन्धन नआउँदा नै बारा, पर्साको पेट्रोलपम्पमा ‘पेट्रोल–डिजल छैन’ भन्ने बोर्ड झुन्ड्याइन थालेको छ।

सीमा क्षेत्रमा इन्धन नपाइनुको मुख्य कारण नेपालबाट भारततर्फ हुने पेट्रोल–डिजलको तस्करी हो। विगत एक वर्षदेखि शुरु भएको तस्करी अहिले पनि उस्तै छ। स्थानीय प्रशासनको लागि यो थप चुनौतीको विषय भएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकारीहरुको भनाई छ।

नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगंजको तथ्याङ्कलाई विश्लेषण गर्दा बारामा मात्रै गत बर्षको तुलनामा यस वर्षको माघ, फागुन, चैतमा १४ प्रतिशत बढी पेट्रोलियम पदार्थको खपत बढेको देखिन्छ। पर्सामा ५ प्रतिशतसम्म इन्धनको खपत बढेको देखिन्छ।

भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर २३ र डिजल २७ रुपैयाँ सस्तो छ। भारतमा पेट्रोलको दाम ८०।१९ पर्छ भने नेपालमा १०५ पर्छ। त्यसैगरी भारतमा डिजल भारु ७०।६३ रुपैयाँ पर्छ भने नेपालमा ८६ रुपैयाँ पर्छ । त्यस्तै मट्टितेलमा भारतमा अनुदानमा भारू २० मा पाइन्छ भने नेपालमा ८६ रुपैयाँ पर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा भन्दा भारतमा महँगो हुँदा यता आएको पेट्रोल र डिजल केही महँगोमा उता तस्करी हुँदा नेपालतिर अभाव देखिएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com