हत्याको आरोपमा आमा– छोरा पक्राउ


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, बाग्लुङ– बाग्लुङको बरेङ गाउँपालिकामा आमा– छोरा हत्या आरोपमा पक्राउ परेका छन्। स्थानीय खाल्डे बस्ने ३० वर्षीय यमबहादुर सार्कीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

सोही ठाउँ बस्ने ४० वर्षीया सुमित्रा सार्की र उनकै छोरा १९ वर्षीय अर्जुन सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

आमा– छोराबीच बिहीबार घरायसी विषयलाई लिएर झगडा भएको थियो। झगडा मिलाउन गएका यमबहादुरलाई नै आमा–छोरा मिलेर कुटपिट गरेका थिए।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो। यमबहादुरले मदिरा पिएर झगडा मिलाउने नाममा जथाभावी बोलेपछि आफुहरुले कुटपिट गरेको उनीहरुले बताएका छन्। पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। जसमा उनीहरुलाई २० वर्षसम्म कैद सजाय हुनसक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com