उपत्यकाका सडकको अवस्था, ढलको बाढी


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, ललितपुर । उपत्यकाका सडकहरुमा धुलो उड्नु पानी परे हिलो हुन सामान्य हो । अब त ढलको बाढी आउनु पनि सामान्य भईसक्यो ।
शुक्रबार साँझ भारी बर्षा भएसँगै उपत्यकाका विभिन्न स्थान तालमा परिणत भए ।
सवारी चालकहरुले सडक कता छ भनी छुट्याउन सक्ने अवस्था छैन। सडकमा भएका खाल्डाका कारण बाईकहरु लडिरहेको छन् । सर्वसाधारणले हिँडने सडक पेटी पुरै डुबेको छ ।

कुमारीपाटीसँगै कुपण्डोलको अवस्था पनि यस्तै छ । सडक ढलको बाढी छ । अनि सडकमा भएका खाल्ला खुल्डीका कारण बाईकहरु लडिरहेका छन् ।

उपत्यकाम सडक विस्तार, खाने पानी बिस्तारका लागि धेरै ठाँउमा भत्काइएको छ । बीच सडकमा खाँडल बनाइएको छ । तर पुर्ने चाँजो पाँजो नै छैन । एक दिनको बर्षामा जलमग्न हुने उपत्यका सडकको बर्खा याममा कुन अवस्था होला । त्यो सजिलै आँकलन गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com