योजना आयोग दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गर्ने : उपाध्यक्ष कँडेल


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले योजना आयोगले मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गर्ने बताउनुभएको छ ।

त्रिभुवन विश्वबिद्यालय केन्द्रीय व्यवस्थापन विभागद्वारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा। कँडेलले योजना आयोगलाई समावेशी तरिकाले देशको विकास निर्माणमा अघि बढाउने गरी नीति र योजना बाँड्ने बताउनुभयो ।

सिंहदरबारमा बसेर योजना बनाउँदा स्थानीय समुदायको आर्थिक रुपान्तरण हुन नसकेको बताउँदै उहाँले अब ग्रामीण भेगमै पुगेर त्यहाँका स्थानीयबासीको मनोविज्ञान बुझ्ने र सम्भावनाको आधारमा नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले त्रिभुवन विश्वबिद्यालयबाट व्यवस्थापन विषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई मुलुकमै कुशल व्यवस्थापनको खाँचो रहेको विचार व्यक्त गर्दै त्यसो गर्न सके मात्र देशको विकास हुने प्रष्ट पार्नुभयो ।

सोही विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा डा भोजराज अर्यालले विश्वविद्यालयको व्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइरालाले व्यवस्थापन शिक्षालाई नेतृत्व तहसम्म पु¥याउन शिक्षा प्रणालीलाई थप जिम्मेवारपूर्ण बनाउनुपर्ने बताउनुभयो ।

विश्वविद्यालय व्यवस्थापन संंकायका प्राध्यापक डा. सुनिती श्रेष्ठ, व्यवस्थापनविद् र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले व्यवस्थापनको क्षेत्रमा देखिएको चुनौतीको विषयमा चर्चा गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com