काठमाडौंमा १८ वर्षीया एक युवती बलात्कृत


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, काठमाडौं । काठमाडौंको ढल्कु बस्ने रामेछापकी १८ वर्षीया महिलालाई आफ्नै कोठामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१७ धोवीचौर डेरा गरी बस्ने दोलखा शैलुङ्गेश्वरी गाउँपालिका–४ का २२ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com