‘सुनको सिरानी हालेर नुन खोज्दै भाैतारिनु हाम्राे कमजाेरी’


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली आफ्नै मतिले पछि परेको बताएका छन् ।

सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘समावेशी विकास, सम्वृद्धि र सामाजिक न्याय’ विषायक कर्णाली सम्मेलनमा मुख्य मन्त्री शाहीले कर्णाली पछि पर्नुमा काठमाडौंको मात्र दोष नभएको बताए । उनले भने, ‘कर्णाली धनी हुँदा हुँदै हामीहरुले गरिबको पहिचान दिने गरेका छौं, सुनको सिरानी हालेर नुनको खोजीमा भाैतारिनु हाम्रो कमजोरी हो ।’

सबैको सकारात्क सोच र संस्कारमा विकास भए कर्णालीको विकास छिट्टै हुने उनले बताए । उनले भने, ‘कर्णाली प्रदेशलाई पैसा होइन, विशेष अधिकार चाहिएको छ । संविधान निर्माणका बेला सडकमै आएर विशेष अधिकारसहितको कर्णाली प्रदेशको माग परौं तर, संविधान लिपीवद्ध त्यो अटाउन सकेन ।’

उनले केही साताअघि कर्णालीमा फेसबुक बन्द, एनजिओ आउट भन्ने समाचार आएपनि आफुले त्यसो नभको जिकिर गरे । मुख्य मन्त्री शाहीले एकद्धर प्रणालीमा नआउने गैहसकारी संस्थलाई नियन्त्रण तथा नियमन गर्न खोजएको स्पष्ट पारे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्मेलनमा प्रदेश सरकारका आर्थिक मार्मिला तथा योजना मन्त्री प्रकाश ज्वाला प्रदेशसभा प्रतिपक्षी दल नेता जिवनबहादुर शाही भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्री उपसभामुख पुष्पा घर्ती, राष्ट्रिय मानव आयोग क्षेत्रीय कार्यालयका प्रमुख मुरारी प्रसाद खरेल, विज्ञ गौरी प्रधान प्रदेशसभा सदस्यसहित पत्रकार र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा कर्णाली एकिकृत ग्रामिण विकास तथा र नेप्लिज् सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहलमा सम्मेलनको आयोजना भएको आयोजक संस्थाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com