श्रीमानको रिस ६ महिनाकी छोरीमाथि, आगोमा फाल्दा मृत्यु


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

बिहिबार भारतको भुवनेश्वरीको एक झुपडी–बस्तीमा एक ६ महिनाको बच्चीलाई उसको आमाले आगोमा फाल्दा बच्चीको मृत्यु भएको छ ।

बच्चीको ९०% शरिर जलेको थियो । उपचारको लागि बच्चीलाई कट्टकस्थित एससीबी मेडिकल कलेज एण्ड हस्पिटलमा लगिएको थियो ।

सुना पिन्गुया नामक ३२ वर्षे आमाले आफ्नी छोरीलाई सलिया सही नामक झुपडी–बस्तीमा जलाएकी हुन् ।

सुना उनको श्रीमान् मन्गुली पिन्गुयाको दोश्रो श्रीमती हुन् । पछिल्लो समय उनको श्रीमानसँग सम्बन्ध राम्रो थिएन । बुधबार उनीहरुको झगडा परेको थियो । त्यसपछि एक्लै हुँदा उनले श्रीमानको कपडा जलाइदिइन् र बलिरहेको आगोमा आफ्नी छोरीलाई हु¥याइन् ।

बच्चा चर्केर रोएको आवाज सुनेर दौडेर गएका छिमेकीहरुले जलिरहकी सानी बच्चीलाई आगोबाट निकालेका थिए । छिमेकीहरु त्यहाँ पुग्दा सुना घरको एक कुनामा बसिरहेकी थिइन् ।

पुलिसले सुनालाई पक्राउ गरेको छ र उनलाई भारतीय पेनल कोडको सेक्सन ३०२ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

खुरदा जिल्ला बाल कल्याण समितिले यो विषयमा कारबाही अघि बढाएको हो र महिलाबिरुद्ध नयापल्ली पुलिस स्टेसनमा उजुरी दिएको थियो ।

प्रारम्भिक अनुसन्धानले सुनाले यो अपराधिक कर्म गर्दा घरमा अरु कोही नभएको पाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com