ऊर्जामन्त्री पुनले गरे, रसुवामा रहेका जलविद्युत आयोजनाको निरीक्षण


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, काठमाडौं ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन् ।

जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन हिजोदेखि नै रसुवामा छन् ।

मन्त्री पुनले आज रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गरेका छन् ।

आजै उनले साञ्जेन जलविद्युत आयोजनाको समेत निरीक्षण गर्ने छन् ।

मन्त्री पुनले हिजो नै त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गरेका थिए ।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्य तीव्र गतिमा व्यवस्थित ढंगले अघि बढाउन निर्देशन दिएका छन् ।

सरकारको तर्फबाट गर्नुपर्ने सहयोगबारे चिन्ता नलिर्इ परियोजना तोकेकै समयमा सक्न समेत निर्देशन दिए ।

यसैबीच, शनिवार बिहान रसुवागढी नाकाको पनि उनले निरीक्षण गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com