अछाममा चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

वैशाख १५, अछाम । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् ।

असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् ।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो क्षति पु¥याएको रामारोशन गाउँपालिकाका कृषक गीता साउदले जानकारी दिए। उनले भने, ‘पाकेको गहुँ असिनाले लग्यो, अब के खाने भन्ने चिन्ताले सताउन थाल्यो ।’

आधा केजीसम्मको असिना परेपछि तरकारी र गहँखेती सखाप पारेको मेल्लेख गाउँपालिकाका कृषक मनिराज भट्टराईले बताए । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com