अष्ट्रेलिया र क्यानडा पठाईदिन्छू भन्दै लाखौको ठगी गरेका दलाल भारतको दिल्लीमा बसेर पिडितलाई धम्क्याउदै


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

मकवानपुर लामाटारकी सम्झना भण्डारी २ बर्ष अघिसम्म माइक्रोस्पटको प्रतिनीधिका रुपमा काम गर्थिन । नेपाल सरकारका कर्मचारीलाई प्राविधि सम्बन्धीत तालिम दिन्थीन् ।

नेपालमै नाम दाम राम्रै थियो । यही बेला २०÷२२ लाखमा वर्किङ भिषामा क्यानडा जाने अवसर भन्दै नजिकका आफन्तले उनलाई पुतलीसडकमा रहेको वेष्टर एजुकेशन नेर्टवकमा पु¥याए । र सुरु भयो उनको क्यनडा सपना ।

३ महिनामा काम हुने भन्दै वेष्टरका सञ्चालक जनक बहादुर वाइवाले सुरुमा ३ लाखमा मागे । कहिले सम्झौता पत्र आएको त कहिले भिषा प्रोसेसिङ भन्दै निरन्तर पैसा असुली रहे ।

३ महिना पछि उनलाई भारतको बाटो जानु पर्ने भन्दै २ महिनासम्म भारतका विभिन्न शहरमा अल्झाइरहे । उनिसँगै होम लामा, बिमल र रविन्द्र श्रेष्ठ पनि क्यानडाकै दौडमा भारतमा थिए ।

२ महिना भारत बसेपछि सम्झनालाई क्युवा लैजाने भन्ने दलालहरुवीच सल्लाह भईरहेको उनले थाहा पाईन् । क्युवामा आँफु बेचिन लागेको थाहा पाएपछि सम्झना भागेर नेपाल फर्किइन् ।

सम्झनालई बिदेश जान भनि सहकारीबाट लिएको ऋणको ब्जाय तिर्न हम्मे हम्मे छ । भएका गहनाहरु सबै ब्जाय तिर्दै बेचिसकिन् । यहि कारणले परिवारमा मन मुटाव समेत भईसक्यो ।

उनि मात्रै होइन बागलुङ बोङादोभानका गृहपोशक घिमिरे र राजेन्द्र कुमार लिम्बुलाई उनै जनकबहादुर वाइवाले अस्ट्रेलीया लैजाने भनेर ५÷५ लाख लिएको १ बर्ष बढी भयो ।

काठमाडौंका सुरज डंगोलसँग क्यानडा लैजाने भनेर २० लाख लिएका छन् भने सप्तरीका महेश्वर यादवलाई पनि क्यानडाकै सपना देखाएर ५ लाख लिएका छन् । सम्झनाको २२ लाख मध्येको १० लाख बाहेक अन्य कसैको एक पैसा पनि उनले फिर्ता गरेका छैन ।
पुतलीसडकको उनको कन्सल्टेन्सी शिक्षा मन्त्रालयले खारेज गरीसकेको छ ।

जनक वाइवा अहिले भारतको नयां दिल्लीमा बसेर पीडितहरुलाई धम्काइरहेका छन् । उनी नेपाल प्रहरी प्रशासन, कानुन कसैले पनि केही गर्न नसक्ने दाबी गर्दै उजुरी गरे पैसा नदिने भन्दै उल्टो धम्काउँछन् ।

पैसा माग्दा कहिले हुन्डी कारोवारीमा समस्या आएको बताउँछन् त कहिले राष्ट्र बैंकले पैसा रोक्का राख्दीएको बताउँछन् । उनी कहिले मकवानपुरमा आफ्नो गाँजाको खेती बिक्री भएपछि पैसा दिन्छु भन्छन् भने कहिले मिडियामा गए पैसा नदिने भन्छन् ।

जनक बहादुर वाइवाबाट ठगिएका अन्य व्यक्तिहरु पनि हाम्रो सम्पर्कमा आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com