धेरै भिडभाडमा नजानू, १६ घण्टाभन्दा बढी काम नगर्नू – चिकित्सक


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा. शर्माले बताए । तर, यो समय सरुवा रोग फैलिने भएकाले जतिवेला पनि सचेत हुनुपर्ने उनको भनाइ छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले भिडभाडमा हुने भेटघाट तथा धेरै व्यक्तिसँग लगातारको उठबसले प्रधानमन्त्री संक्रमणको जोखिममा रहेको बताए ।

उनले गुम्म कोठामा र एसी प्रयोग गरेर लामो समयसम्म नबस्न पनि ओलीलाई सुझाब दिएका छन् । भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने उनले बताए ।

‘देशले अहिले प्रधानमन्त्रीलाई आराम गर्न छुट त दिएको छैन,’ उनका निजी चिकित्सकले भने,’ ‘संक्रमणको उच्च जोखिममा परेर पनि प्रधानमन्त्रीले देश र जनताका हरेक गतिविधिमा संलग्न हुनुपरेको छ ।’ प्रधानमन्त्री ओली बिहान सबेरैदेखि राति १ बजेसम्म पनि काम र भेटघाटमा व्यस्त हुने गरेको स्रोतले बतायो । तर, आफूहरूले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाब दिएको चिकित्सकले बताए ।

चिकित्सकले अहिले भइरहेको मौसम परिवर्तनले पनि ओलीलाई जुनसुकै समयमा संक्रमण हुन सक्ने बताए । अहिले कामभन्दा बढी आराममा ध्यान दिनुपर्ने, दिनमा कम्तीमा दुई लिटर शुद्ध पानी पिउनुपर्ने, शरीरले पचाउन सक्ने मात्रै खाना खानुपर्ने र धेरै समय खालीपेट बस्न नहुने चिकित्सकहरू बताउँछन् । हरेक २ घन्टामा पिसाब फेर्नुपर्ने, ४ घन्टामा खाजा खानुपर्ने, ६ घन्टामा आराम गर्नुपर्ने र ८ घन्टामा खाना खानुपर्ने नियम अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाब दिइएको छ ।

चिकित्सकका अनुसार नेपालीले सम्मानस्वरूप नमस्कार गर्ने तरिका नै वैज्ञानिक छ । हातबाट चाँडै संक्रमण फैलन्छ । त्यसैले चिकित्सकहरूले प्रधानमन्त्रीलाई नमस्कारबाटै काम चलाउन सुझाब दिएका छन् ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले मिर्गौला प्रत्यारोपण गरेको लामो समय भएकाले उहाँलाई सुरुवाती अवस्थामा जस्तो संक्रमण हुने डर कम हुने बताइन्। ‘नियमित औषधि सेवन गरिरहनुभएको छ । अहिले भेटघाट कम गराउनुपर्ने भने पनि उहाँले मान्ने अवस्था छैन। देशको प्रधानमन्त्री भएपछि भेटघाट पातलो गर्ने कुरा हुँदोरहेनछ,’ उनले भनिन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com