पार्टी एकतामा शंका नगर्न मन्त्री पुनको आग्रह


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच हुने एकताको विषयमा शंका नगर्न आग्रह गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालले शुक्रबार विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विश्वासको वातावरण बनाउँदै एकतासम्म पु¥याउने काम जिम्मेवारीपूर्वक भइरहेको छ, यसमा कसैले कुनै गर्नु हुदैन् ।”

मन्त्री पुनले “दुबै पार्टीबीच एकता हुन्छ, यस सम्बन्धी अन्तरिम मस्यौदा विधान र आन्तरिक राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छ, त्यसैले उपयुक्त समय मिलाएर एकता घोषणा हुनेछ,” भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com