बलात्कारको घटना लुकाउन एक लाख


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

काभ्रे : श्रीमान् विदेश गएको मौका पारेर युवतीलाई बलात्कार गर्ने एक पुरुषले घटना लुकाउन एक लाख रुपैयाँ दिएको खुलेको छ ।

बलात्कार गर्ने पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

रोशी गाउँपालिका १घर भई नमोबुद्ध नगरपालिका ९ गहतेमा बस्दै आएका ५२ वर्षीय रामशरण दमार्इँले वडा नं. ३ कुण्डलेस्थित आफ्नै खेतमा तोरी लिन गएकी २६ वर्षीया युवतीलाई जबरजस्ती गरेका थिए ।

२०७४ चैत १ गते युवतीलाई जबरजस्ती गरी कसैलाई नभन्नु भने मारिदिन्छु भन्दै धम्की दिए । युवती रुँदै तोरी लिएर फर्किन् । केही समय उनले घरमा घटनाबारे केही भन्न सकिनन् ।

सासुसँगै रहेकी ती युवतीले केहीदिनपछि घटनाबारे आमाजु र जेठानीलाई भनिन् । उनका श्रीमान् ७ वर्षदेखि कतारमा छन् । उनी परिवारकी कान्छी बुहारी हुन्र यसैबीच दमार्इँले चैत २१ गते एकान्तमा लगेर घटनाबारे समाजमा नभन्न र प्रहरीमा उजुरी नगर्न दबाब मात्र दिएनन्, युवतीका ससुराको हातमा एक लाख रुपैयाँ थमाइदिए ।

पैसा नलिए बाँकी नराख्ने धम्की दिएपछि युवतीका ससुराले नोटको बिटो समाए । तर चैत २२ बिहान बुहारीले जिल्ला प्रहरी कार्यालय काभ्रपलाञ्चोकमा उजुरी दिइन् ।

यससँगै प्रहरीले दमाईँलाई पक्राउ गरी वैशाख १३ गते पुर्पक्षका लागि थुनामा राखेको छ । दमाईँले युवतीका श्रीमान् विदिेश गएदेखि प्रेम रहेको र सहमतिमै सम्बन्ध राख्दै आएको बयान दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com