बिर्तामोडको एक होटलमा छापा, तीन युवतीसहित नौ जना पक्राउ


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

वैशाख १४, झापा– बेश्यावृत्ति धन्दा चलाएको आरोपमा प्रहरीले बिर्तामोडको एक होटलमा छापा हानी तीन युवतीसहित नौ जनालाई पक्राउ गरेको छ। बिर्तामोडको कृषिथोक बजारस्थित आँगन होटल एण्ड लजमा छापा हानी प्रहरी सञ्चालकसहितलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ५ भारतीय र ४ जना नेपाली रहेको इप्रका बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले बताए।

पक्राउ पर्नेहरुमा धिरजकुमार राय, चन्दनकुमार सिन्हा, गौतमकुमार सिंह र निमा शेर्पा छन्। उनीहरु भारतीय नागरिक हुन्।

त्यस्तै अभिषेक चम्लागाईं, निर्मल घिमिरे, सुजता तामाङ र आशिका कोईरालालाई पनि प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होटलका केही सञ्चालकहरु भने फरार छन्। बिर्तामोड क्षेत्रमा बेश्यावृत्तिको धन्दा चलाउने एक सय भन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ। धन्दा चलाउँदै खोलिएका दर्जन होटलहरु बन्द भइसकेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com