ट्राफिक प्रहरीकोे सक्रियताकै कारण पर्वतमा सवारी दुर्घटनामा कमी
प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार
वैशाख १४, पर्वत । पर्वतमा ट्राफिक प्रहरीकोे सक्रियताकै कारण सवारी दुर्घटनामा कमी आएको आएको छ ।
चार वर्षको तथ्याङ्कमा जिल्लाभर सवारी दुर्घटना, कारबाही र ट्राफिक नियम उल्लंघनमा समेत कमी आएको ट्राफिक कार्यलयले पर्वतले जनाएको छ ।
गत वर्ष १७ दुर्घटनामा ४ पुरुष २ महिला र १ बालक गरी ७ जनाले ज्यान गुमाए भने यस वर्ष ५ दुर्घटनामा ३ पुरुषले मात्र ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यलय पर्वतले जनाएको छ । त्यसै गरी ४३ जना घाईते भएका छन् । जसमा २० पुरुष १४ महिला र ९ बाल बालिका रहेको ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
ट्राफिकको सक्रियता बढेसंगै सबारी चालक, यात्री र पैदलयात्री समेतले ट्राफिक नियमबारे चेतना बृद्धि आएको छ । चार वर्ष यता छिटपुट दुर्घटनामध्ये ठूला दुर्घटनाको संख्या न्यून रहेको ट्राफिक कार्यलयको दाबी रहेको छ ।