विवाहको खर्च कटाएर एक युवाले गरे, विद्यालयलाई रकम सहयोग


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

वैशाख १४, धनगढी । धनगढीमा एक युवाले विवाहको खर्च कटाएर विद्यालयमा रकम सहयोग गरेका छन्। गत ५ गते वैवाहिक जीवनमा बाँधिएका सौनक भट्टले धनगढी–५, हसनपुरस्थित पञ्चोदय माध्यामिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उनी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टका छोरा हुन्।

विवाहमा भव्य कार्यक्रम नगरी विवाहमा लाग्ने रकमलाई कटौती गरी विद्यालयमा रहेका गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न सो रकम सहयोग गरेको उनले बताए। सौनकले चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद भट्टलाई हस्तान्तरण गरे।

‘आमा–बुवाको प्रेरणा र सुझावले सामाजिक कार्यमा अग्रसर बनायो,’ रकम हस्तान्तरण कार्यक्रममा उनले भने, ुयोसँगै अब मेरो सामाजिक कार्यको सुरुवात भएको छ।ु

सो अवसरमा विद्यालयका प्राधानाध्यापक पदम कुँवरले सहयोग रकमलाई मुद्दती खातामा राखेर आएको ब्याजबाट कक्षा ११ र १२ मा पढ्ने जेहन्दार, गरिब छात्रछात्रालाई छात्रवृति प्रदान गरिने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com