एसिड छ्याप्ने प्रहरीलाई कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

महिला खबर-

गृहमन्त्री रामबहादुर थापाले चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् । घाइते महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्न सोमबार भरतपुर अस्पताल पुगेका गृहमन्त्री थापाले दुःखद घटना घटेको भन्दै घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको बताए ।

राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचारण सुधारका लागि सरकारले ठोस कदम चाल्ने मन्त्री थापाले बताए । गृहमन्त्रीसँग पीडित महिलाले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले आइतबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । पीडित महिलाका श्रीमान किसान श्रेष्ठले सोमबार खनियाँ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जाहेरीका आधारमा जिल्ला अदालतबाट म्याद लिई विस्तृत अनुसन्धान भईरहेको प्रवक्ता डिएसपी प्रभू ढकालले जानकारी दिए । एसिड लागेर घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, शरीरको अगाडिको भाग र खुट्टामा एसिडले जलेको उनले बताए । एसिड प्रहार गर्ने खनियाँ बिपद् व्यवस्थापन कार्यदल प्रथम चिकित्सा समुह हेटाै‌ँडा दरबन्दी भई हाल अस्थाई ट्राफिक प्रहरी पोष्ट टाँडी चितवनमा कार्यरत थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com