नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको गरे, मन्त्री वर्षमान पुनले शिलान्यास


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

वैशाख १४, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका छन् ।

शुक्रबार देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास भएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकिने बताइएको छ ।

सोलार प्यालन राखी एक वर्षभित्र त्यसमार्फत दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी छ ।

तीन करोड ८० लाख अमेरिकी डलरमा बन्ने नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट हो । प्राधिकरणको स्वामित्वमा रहेका त्रिसुली र देवीघाट विद्युत केन्द्रको नाममा रहेको खाली जग्गामा राखिनेछ ।

सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com