नवीना लामाले विवाह खर्च कटाएर मिर्गौला पीडितलाई गरिन्, १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३, काठमाडौं, – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ९सांसद० नवीना लामाले आफ्नो विवाह खर्च कटाएर मिर्गौलासम्बन्धी रोगबाट पीडित व्यक्तिलाई सहयोग गरेकी छन् ।

लामाले आफ्नो विवाहको खर्च कटाएर दुवै मिर्गौला फेल भएर हाल वीर अस्पतालमा उपचाररत २५ वर्षीय प्रेम बगालेलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी हुन् ।

दुवै मिर्गौला फेल भएका बगाले अनेरास्ववियुका पाल्पा जिल्ला कमिटी अध्यक्ष हुन् ।

अनेरास्ववियुकी अध्यक्ष लामाले विहीवार आफ्नो १४ वर्षदेखिको प्रेमलाई बिहीवार प्रेममा परिणत गरेकी छन् । नवीनाले आफ्ना प्रेमी अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको लगनगाँठो कसेकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com