सरकारले धार्मिक बिदा कटौती गरेकोप्रति मुस्लिम संघको आपत्ति, निर्णय नसच्याए आन्दोलन गर्ने


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३,काठमाडौं । वाम गठबन्धनको सरकारले इदलगायतका धार्मिक बिदा कटौती गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित बनेका छन् । मुस्लिम समुदायको दुईवटा इदलगायतको वबदामा सरकारले बिदा नदिने भनी गरेको निर्णय तत्काल सच्याउन मुस्लिम संघ नेपालले आग्रह गरेको छ ।

महाधिवेशनको तयारी गरिरहेको संघले सरकारले निर्णय नसच्याए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

‘वाम गठबन्धनको सरकारले मुस्लिम, आदिवासी, जनजातिलगायतका समुदायको धर्म, संस्कृति र चाडपर्वको अपहेलना ग¥यो, यसमा हाम्रो गम्भीर आपत्ति छ’ मुस्लिम संघका सभापति अब्दुल सत्तारले भने ।

आगामी १५ र १६ गते काठमडौंमा महाधिवेशन गर्ने र त्यसलगत्तै सरकारले गरेको निर्णय विरुद्ध आन्दोलनमा जाने सभापति सत्तारको भनाई छ । नेपाली कांग्रेसको भातृसंगठनका रुपमा रहेको मुस्लिम संघको वैशाख १५ गते सानेपास्थित पार्टी कार्यालय पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो महाधिवेशनको उद्घाटन गर्ने बताइएको छ । महाधिबेशनले संघ नयाँ केन्द्रीय समितिसमेत चयन गर्नेछ ।

४३ जिल्लामा जिल्ला कार्यसमिति रहेको संघको नयाँ नेतृत्वका लागि अधिकांश महाधिवेशन प्रतिनिधिहरुले संस्थापक सभापतिसमेत रहेका अब्दुल सत्तारलाई नै सभापतिमा दोहो¥याउन र संघलाई सक्षम रुपमा अघि बढाउन दबाब दिइरहेको स्रोत बताउँछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com