पाँच सयको नोटमा राष्ट्र बैंकले गर्यो, चित्र परिर्वतन
प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार
वैशाख १३, नेपाल राष्ट्र बैंकले पाँच सयको नोटमा दुई वटा बाघलाई हटाएर एउटा मात्र बाघ ,हिमाल र लालीगुँरासको चित्रलाई समावेश गरेको छ। दुईटा बाघहरुको चित्रको सट्टामा एउटा मात्रै पाटेबाघ चित्र रहेको नयाँ ५ सयको नोट चलन चल्तीमा ल्याएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानाकारी दिए। संकेत नम्बर ङ ४६०००००१ देखि छ ४०९९९९९९ सम्मको नोट बजारमा चल्तीमा ल्याइएको हो। नयाँ नोटको बाँयातर्फ सगरमाथा हिमालको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटको तल्लो भागमा गभर्नरको हस्ताक्षर, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर र वि।स। २०७३ लेखिएको राष्ट्र बैंकले बताएको छ।






