३३ किलो सुन प्रकरण : बयान लिँदालिँदै गृह मन्त्रालयबाट बेपत्ता भएका डिएसपी पक्राउ


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

काठमाडौं, १३, वैशाख– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन र मोरङका सन शाक्य हत्या प्रकरणमा बयान लिँदालिँदै गृह मन्त्रालयबाट बेपत्ता भएका प्रहरी नायव उपरीक्षक ९डिएसपी० पक्राउ परेका छन् ।

गृह मन्त्रालयमा बयान दिन पुगेका बेला ट्वाइलेट ९शौचालय० जान्छु भन्दै बेपत्ता भएका डिएसपी सञ्जय राउत २४ घण्टापछि पक्राउ परेका हुन् ।

राउत बयान दिन गएका बेला मंगलवार दिउँसो गृह मन्त्रालयबाटै बेपात्ता भएका थिए । २४ घण्टापछि उनी आफैं सम्पर्कमा आएका गृह मन्त्रालय स्रोतले जनाएको छ । आफैं सम्पर्कमा आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर गृह मन्त्रालयमा बुझाएको जनाइएको छ ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव र्इश्वर पौड्यालको संयोजकत्वमा गठित समितिले राउतसँग आजै बयान लिने र त्यसपछि थप अनुसन्धानका लागि मोरङ पठाउने तयारी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी, बहालवाला एसएसपी, एसपी, डिएसपी र सई तानिसकेका छन् ।

पूर्व डिआईजी गोविन्द निरौला, वहालवाला एसपी विकासरात खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ३३ किलो सुन प्रकरणमा प्रहरीबाहेक अन्य २० जनालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com