बंगलादेशको ढाकाबाट हिँडेका दुईवटा यात्रु बस आज दिउँसो काठमाडौं आइपुग्ने


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

वैशाख १३, बंगलादेशको राजधानी ढाकाबाट मंगलबार हिँडेका दुईवटा यात्रु बस आज दिउँसो काठमाडौं आइपुग्दैछन्।

बंगलादेश–भारत र नेपालबीच सीधा बससेवा परीक्षणका क्रममा ती बस नेपाल आएका हुन्। बस आज बिहान भरतपुरबाट काठमाडौंतर्फ लागेका अधिकारीहरुले बताएका छन्। बस दिउँसो काठमाडौं आइपुग्नेछन्।

नेपाल प्रवेशपछि बुधबार बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको थियो। बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका सात गरी ५७ अधिकारी सवार छन्।

दिउँसो काठमाडौं आइपुगेको बस आज साँझ धुलिखेल पुग्ने छन्। बंगलादेश–भुटान–भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को बीबीआईएन सम्झौताअनुसार ढाकाबाट काठमाडौंका लागि बस सेवा सुरु भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com