लोकमानको आवासबाटै लखेटिन सक्ने


प्रकाशित मिति : कार्तिक ५, २०७३ शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सरकारले दिएका सबै सेवा सुविधा खोस्न माग गर्दै सर्वोच्चमा रिट परेको छ । लोकमानविरुद्ध योग्यतासम्बन्धी रिट हालेका अधिवक्ता ओमप्रकाश अर्यालले नै लोकमानलाई सरकारले दिएका सेवा सुविधा रोक्का गर्न माग गर्दै पुरक रिट दायर गरेका हुन् ।

लोकमान हाल अख्तियार परिसरमै रहेको सरकारी निवासमा बसिरहेका छन् । त्यहाँ बसेर उनले आफूविरुद्धका प्रमाण नष्ट गर्नसक्ने भन्दै रिट दायर गरिएको हो । यस रिटमाथि आइतबार सुनुवाइ हुनसक्ने सम्भावना छ ।

यदि सर्वोच्चले सुविधा रोक्न आदेश दिएको खण्डमा लोकमानले तत्काल सरकारी निवस र गाडीसहितका सुविधा छाड्नुपर्नेछ । एमाले र माओवादी केन्द्रका १५७ सांसदले संसदमा अविश्वासको प्रस्‍ताव दर्ता गराएपछि लोकमान हाल निलम्बित अवस्थामा छन् । सरकारी निवासमा नै बस्दै आएका लोकमानले त्यहीँबाट अख्तियार चलाइरहेको खबर आएको छ । उनले महत्वपूर्ण फाइलहरु आफ्नै निवासमा झिकाएको स्रोतको दावी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com