महाअभियोगमा देउवा सहमत


प्रकाशित मिति : कार्तिक ५, २०७३ शुक्रबार

कांग्रेस सभापति शेरबहादुर देउवा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन सहमत भएका छन् । बिहीबार बिहान आफ्नै निवासमा आइपुगेका प्रधानमन्त्री प्रचण्डसँग महाअभियोगमा सहमति जनाउँदै प्रस्तावको पक्षमा पार्टीबाटै निर्णय गराउने जानकारीसमेत गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति देउवाले महाअभियोगको पक्षमा निर्णय गर्न आफू एक्लैले नसक्ने जनाई केन्द्रीय समिति बैठकबाटै महाअभियोगको पक्षमा निर्णय गराउने जानकारी दिएका हुन् ।

‘पार्टीमा केही अप्ठ्यारो पनि छ, मैले एक्लै डिसिजन गरेर हुँदैन,’ प्रधानमन्त्रीसँग देउवाले भने, ‘तर यो विषयलाई म पार्टीबाटै निर्णय गराउँछु ।’दुई नेताको बैठकलगत्तै बसेको माओवादी कार्यालय सदस्यहरूको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले दुई भेटबारे बिफ्रिङ गरेका थिए । उनले देउवाले पार्टीबाटै महाअभियोगको पक्षमा निर्णय गराउने जानकारी दिएको उनको भनाइ थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com