यूएईका आठ वटा जेलमा १८५ जना नेपाली


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् ।

यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो । आजको कारोबारमा समाचार छापिएको छ ।

राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरी १८५ जना नेपालीले यूएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् ।

जेल जीवन बिताउनेमध्ये मद्यपानका कारण ९५ जना, अवैधानिक काम र बसाइका कारण १८, भौतिक आक्रम वा सम्पत्ति नष्टको आरोपमा १८ र चोरी मुद्दामा १५ नेपालीले जेल भुक्तान गरिहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, व्यभिचारका कारण १०, हत्याको आरोपमा नौ, लागुऔषधका कारण छ र अन्य कारणहरु किर्ते, चेक बाउन्सलगायतका कारण १४ जना रहेका राजदूतावासले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com