राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

वैशाख ११, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलवार बिहान बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । कँडेल नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष हुन् ।

अर्थविदसमेत रहेका कँडेल त्रिभुवन विश्वविद्यालयमा अध्यापकसमेत हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com