एसिडको बोतल देखाएर दुई युवकले लुटे, ३ लाख रुपैयाँ


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

वैशाख ११, काठमाडौं– कालिमाटीस्थित एक मनि ट्रान्सफरमा सोमबार दिउँसो नयाँ शैलीको लुटपाट भएको छ। एसिडको बोतल देखाएर दुई युवकले ३ लाख रुपैयाँ लुटेका छन्।

राजेन्द्र बस्नेतले कालिमाटी चोकमा संचालन गरेको क्रिष्टल ईन्टर प्राईजेज नामक मनि ट्रान्सफर कम्पनीमा लुटपाट गरेका हुन्। सोमबार दिउँसो पौने ४ बजे लुटपाट भएको हो।

ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई उनीहरुले एसिड खनाई दिन्छु भनेर पानीको बोतलमा केही तरल पर्दा देखाएर धम्काई नगद लुटेका हुन्। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षत्रीका अनुसार लुटपाटमा संलग्न २ युवक मास्क लगाएर त्यहाँ पुगेका थिए। पैसा लिएपछि बिस्तारै उनीहरु त्यहाँबाट निस्किएका थिए। सो कम्पनीका कर्मचारीले हारगुहारसमेत मागेनन्। लुटपाटको दृश्य सिसी क्यामेरामा कैद भएको छ।

पानीको बोतलमा एसिड रहेको भनेर धम्काउनु र कर्मचारीले सजिलै पैसा दिनुले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com