निजी विद्यालय खारेजी माग


प्रकाशित मिति : बैशाख १०, २०७५ सोमबार

वैशाख १०, काठमाडौँ । कक्षा १ मा भर्ना भएका ३२ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० सम्मको अध्ययन गर्ने गरेको पाइएको छ ।

अनेरास्ववियु क्रान्तिकारीले आज यहाँ ‘वर्तमान शिक्षाका समस्या र चुनौती’ विषयमा आयोजना गरेको अन्तक्र्रियामा नेकपा निकट शिक्षक नेता गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गर्दै भने, “६८ प्रतिशत बालबालिका बीचमा नै हराउने गरेका छन्, यसलाई कम गर्न शिक्षामा विशेष नीति बनाएर अघि बढ्न आवश्यक छ ।”

कार्यपत्रमा भनिएको छ, शिक्षामा निजीकरण हावी भएको छ, स्थानीय तहलाई माध्यमिक तहसम्मको जिम्मा दिनाले पनि यस क्षेत्रमा समस्या बढ्दै गएको हो ।”
शिक्षा मन्त्रालयका सचिव हरि लम्सालले निजी विद्यालयले पनि राज्यको नीति पूर्णरुपमा अवलम्बन गर्नुपर्ने बताए ।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले माध्यमिकसम्मको शिक्षालाई निःशुल्क गराउनका साथै निजी विद्यालय खारेज गर्नुपर्नेमा जोड दिए । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com