विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन


प्रकाशित मिति : बैशाख ९, २०७५ आईतबार

विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ ।
स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् ।
जापानी महिला नाबी ताजिमाको ११७ बर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार संप्रेषण गरेका छन् ।

उहाँको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उहाँको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो ।

‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सवै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो ।
ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक हुनुभएको छ । झण्डै ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको हो ।

जापानमा धेरै नागरिकहरु लामो उमेर बाच्ने गर्दछन् । झण्डै ६८ हजार जापानी नागरिकहरु एक सय बर्ष भन्दा बढी उमेरका सरकारी स्रोतले गत बर्ष नै जानकारी दिएको थियो । (रासस÷एएफपी)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com