वडाध्यक्षको हृदयाघातका कारण निधन


प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार

वैशाख ८, रौतहट । रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका वडाध्यक्षको हृदयाघातका कारण निधन भएको छ। गत बुधबारदेखि अचेत अवस्थामा रहेका अध्यक्ष जोगी दासको उपचारका क्रममा मृत्यु भएको हो। उनको वीरगञ्जको एलएक्स न्यूरो सर्जन अस्पतालमा उपचार भइरहेको थियो। शुक्रबार साँझ उपचारका क्रममा उनको निधन भएको पारिवारिक सदस्य राजकुमार दासले जानकारी दिए। शनिबार अध्यक्ष दासको निवासमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। श्रद्धान्जली कार्यक्रममा नगरप्रमुख श्यामप्रसाद यादवले दासको निधनले गढीमाई नगरपालिकालाइ ठूलो क्षति पुगेको बताए। अन्तिम श्रद्धाञ्जलीका लागि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय दासको निवासमा पुगेका थिए । शनिबार बिहान गढीमाई २ स्थित समनपुरको बाग्मती नदीमा उनको दाहासंस्कार गरिएको परिवारजनले बताएको छ। अध्यक्ष दास राजपा पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com