प्रदेश ७, को चालू आर्थिक वर्षको दुई महिनाको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत


प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार

k|b]z g+ & sf k|d’v dNn gLlt tyf sfo{qmd jfrg k|b]z g+ & sf k|d’v df]xg/fh dNn k|b]z;efsf] a’wjf/ a;]sf] a}7sdf k|b]z ;/sf/sf] gLlt tyf sfo{qmd jfrg ug'{x’Fb} . tl:a/ M l;4/fh e§, wgu9L, /f;;

वैशाख ८, सुर्खेत– कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बाँकी दुई महिनाका लागि ल्याउने नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

यसैगरी मन्त्रिपरिषद् बैठकले अन्य तीन वटा विधेयक तर्जुमाका लागि सम्बन्धित मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको मुख्यमन्त्री सहायता कोष विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा पेश गरिएको जलस्रोत उपयोग विधेयक २०७५ को मस्यौदा र प्रदेश सडक बोर्ड विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि भएको जानकारी दिइन्। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम वैशाख १० गते संसदमा प्रस्तुत गर्ने तयारी रहेको बताइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com