कृषि पेशाबाट वार्षिक ६ लाख आम्दानी गर्न सफल जयलाल चौधरी


प्रकाशित मिति : बैशाख ८, २०७५ शनिबार

?

वैशाख ८, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का अगुवा कृषक जयलाल चौधरी अहिले वार्षिक ६ लाख आम्दानी गर्छन् । विगतमा ज्याला मजदुरीबाट जीविकोपार्जन गर्ने चौधरी अहिले व्यावसायिक कृषक बनेका छन् ।

वीरेन्द्रनगर–९ पर्सेनीमा आफ्नो डेढ कठ्ठा जमिन भएका चौधरीले ३० कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । बजारबाट नजिकै रहेको गाउँमा उत्पादन भएको तरकारी विक्रीका लागि समेत समस्या नहुने देखेपछि ज्याला मजदुरी छोडेर व्यावसायिक तरकारी खेतीमा लागेको उनी बताउँछन् । तरकारी खेती थालेपछि गरिबी निवारण कोषको सहयोगमा गठित सगरमाथा सामुदायिक संस्थाको समेत सहयोग पाएर यसतर्फ अझै उत्साहित भएका चौधरी अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न अब्बल छन् ।

‘पहिला पैसा चाहिएको बेला कसैले पत्याउदैनथे, अहिले सबैले आशा गर्छन्,’ उनले भने, ‘अप्ठ्यारो पर्दा छरछिमेकलाई सहयोग गर्छु, सबैको विश्वास जितेको छु ।’ आफ्नो सफलताको श्रेय श्रीमतीलाई दिँदै उनी भन्छन्, ‘तरकारी खेति गरेर अहिलेको अवस्थामा आइपुग्न श्रीमतीको ठुलो सहयोग छ, श्रीमतीको सहयोग नपाएको भए यति धेरै गर्न सक्दैनथे होला ।’ बेमौसमी तरकारी खेति गर्न गरिबी निवारण कोषले समेत सहयोग गर्दै आएको उनले बताए । सामुदायिक संस्थामा आवद्ध भएपछि तरकारी विक्रीमा थप बल पुगेको उनको भनाइ छ ।

स्वदेशमै स्वरोजगारका अवसर प्रशस्त रहेको बताउने चौधरी तरकारी खेतीलाई व्यावसायिक रुपमा अझ विस्तार गर्न सरकारले नयाँ नयाँ प्रविधिमा सुविधा, सस्तो ऋण र अनुदानको व्यवस्था गरी नयाँ किसानहरुलाई प्रोत्साहन गर्दै यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com