आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

वैशाख ७, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभर्इ बाह्य पर्यटनको विकास नहुने बताएका छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को छैटौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउने सरकारको तयारी भएको बताउँदै आन्तरिक पर्यटनको विकास गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

सन् २०२० मा १५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि त्यसका लागि राम्रो तयारी हुनसकेमा २० लाख पर्यटक पु¥याउन सकिने उनले बताए ।

लायन्सले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै उनले भूकम्पपछिको उद्धार तथा राहतजस्ता काममा लायन्सले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको चर्चा गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का डिष्ट्रिक गभर्नर धनराज आचार्यले लायन्सले सामाजिक सेवाका क्षेत्रमा आफूलाई क्रियाशील बनाएको बताउँदै ३२५ बी १ ले आफ्नो कार्य अवधिमा योजनाअनुसार विभिन्न काम सम्पन्न गरेको बताए ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का महासचिव चण्डीप्रसाद अर्यालका अनुसार भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com