युवतीको विषयलाई लिएर खुकुरी प्रहार, ५ जना पक्राउ


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

वैशाख ७, काठमाडौं– युवतीको विषयलाई लिएर विवाद हुँदा काठमाडौंको शान्तिगरस्थित बाग्मती करिडोरमा एउटा समूहले अर्को समूहमाथि खुकुरी प्रहार गरेको छ । बिहीबार मध्यान्ह शान्तिनगर बस्दै आएका निमेश उप्रेती समूहले खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर स्थित बाग्मती करिडोरमा खुकुरी प्रहारका कारण सुनसरी स्थायी घर भएका देवश चौधरी, रामेछापका बिजन बुढाथोकी र नवलपरासिका मिराज शर्मा घाईते भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले बताएका छन् ।

‘खुकुरी प्रहार गर्ने कार्यमा संलग्न ५ जनालाई हामीले नियन्त्रणमा लिएका छौं’ बानेश्वर वृतका डिएसपी पौडेलले भने, ‘ज्यान मार्ने उद्योगमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’ घटनामा संलग्न सप्तरी स्थायी घर भई हाल लाजिम्पाट बस्दै आएका सतिश यादव, रौतहटका सौरभ चोवो, सर्लाहीका सुनिल कुमार झा, सप्तरीका पवन भण्डारी र सिराहा स्थायी घर भई शान्तिनगर बस्दै आएका १८ बर्षिय निमेश उप्रेती पक्राउ परेका छन् । प्रहरीका अनुसार उप्रेतीले खुकुरी प्रहार गरेका थिए । घटनामा संलग्न पर्सा स्थायी घर भई शान्तिनगर बस्दै आएका १९ वर्षीय सारंसविक्रम कण्ठ फरार भएका छन् ।

खुकुरी प्रहारका कारण घाइते देवश चौधरीको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com