सेयरधनीलाई नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर दिने


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

वैशाख ७, काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कोषको शुक्रबार राजधानीमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७१र०७२ र ७२र७३ को नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने उक्त प्रस्ताव पारित गरेको हो ।

कोष गत वर्ष कोष संकलन १३ प्रतिशत बढीले बढाएर ९३ अर्ब ५४ करोड रुपैयाँ पुुर्‍याउन सफल भएको पनि अध्यक्ष महाश्रम शर्माले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्ष २०७३र०७४ मा लगानी पनि अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भइ ९१ अर्ब ६७ करोड पुगेको पनि जनाइएको छ ।

कोष हालसम्म विभिन्न ८ ओटा संकटग्रस्त बैंक तथा वित्तीय संस्थामा फसेको मुद्दती निक्षेपमध्ये ५६ प्रतिशत अर्थात् ५३ करोड ५३ लाख उठाउन सफल भएको पनि अध्यक्ष शर्माले जानकारी गराए ।

कोषले बचत संकलनको क्षेत्र विस्तार, लगानी क्षेत्र तथा दायरा विस्तार, पुँजीबजार सेवा विस्तार तथा सूचना–प्रविधिको विकासलगायतका थुप्रै योजना तथा कार्यक्रम अघि सारेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com