सर्वोच्चको आदेशमा छुटे लगत्तै पुन पक्राउ परे वडाध्यक्ष सुनबहादुर


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै पुन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केन्द्रीय कारागार अगाडिबाटै उनलाई पुन पक्राउ गरेको हो।

गत चैत ७ मा नुवाकोट जिल्ला अदालतले उनलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही मुद्दामा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। सो फैसला कार्यान्वायनका लागि सिआइबीले उनलाई आइतबार अदालतमा पेश गर्न लागेको छ।

तामाङलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको अर्को मुद्दामा बिहिबार वडा नम्बर र बुबाको नाम फरक परेको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । उनमाथि २०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लैजान लागेको मुद्दामा ६ वर्षको कैद सजाय सुनाईएको थियो । सोहि मुद्दामा तामाङका छोराले आफ्नो बुबा अभियुक्त नभएको भन्दै बन्दी प्रत्यक्षीकरणका मुद्दा हालेका थिए।

तामाङविरुद्ध मानव बेचबिखन सम्बन्धी अन्य २ मुद्दा अदालतमा विचाराधीन छन्। २ महिनाअघि नयाँ मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामा विगत २५ वर्षदेखि युवती बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ। नुवाकोटबाट मात्र उनले २ सयभन्दा धेरै चेलीलाई कोठीमा पुर्‍याएको प्रहरीको अनुमान छ। भारतको दिल्ली तथा मुम्बईमा उनले कोठी चलाउँदै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com