बुहारी कुटेको आरोपमा रत्नपार्कको हिरो मुकुन्दे पक्राउ
प्रकाशित मिति : बैशाख ६, २०७५ बिहीबार
वैशाख ६, मोरङ । रत्नपार्कको हिरो मुकुन्देलार्इ प्रहरीले पक्राउ गरेको छ । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे ९मुकुन्दे० मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट बुहारी कुटेको आरोपमा पक्राउ परेका छन् ।
मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डामा असन्तुष्टि भएको जनाउँदै भाइ बुहारी यशोदा लुईँटेललाई निर्घात कुटपिट गरेका हुन् । उनको कुटाइबाट बुहारी गम्भीर घाइते भएकी छिन । भोजपुरको खार्ताम्छा घर भएका घिमिरेका भाइ बुहारी लक्ष्मीमार्गमा घर बनाएर बस्दै आएका थिए ।
लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी टवीटर र विभिन्न सामाजिक सञ्जालमार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका उनलाई प्रहरी चौकी भाउन्नेले मंगलबार नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाएको छ ।






