घरमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति
प्रकाशित मिति : बैशाख ६, २०७५ बिहीबार
वैशाख ६, कञ्चनपुर । बेदकोट नगपालिका १० स्थित कमलापति भट्टको घरमा गएराति आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ। आगलागीबाट घरभित्र राखेको अन्न, लताकपडा, महत्वपूर्ण कागजपत्र लगायतका सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले बताए। बुधबार राति एक बजेर ३० मिनेट जाँदा भएको आगलागी दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बिहान तीन बजेपछि मात्रै नियन्त्रणमा आएको थियो। आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीमा मानवीय र चौपायाको क्षति भने हुनबाट जोगिएको छ।






