गुण्डा नाईके मनोज पुनको सुराकीको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य पक्राउ


प्रकाशित मिति : बैशाख ६, २०७५ बिहीबार

वैशाख ६, काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ल काठमाडौंबाट गिरफ्तार परेका छन् ।

केही समय प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनका सुराकीको आरोपमा समातिएका मल्ल बुटवल निवासी हुन् । युवा संघको बैठकमा भाग लिन काठमाडौं आएका मल्ललाई काठमाडौंबाटै प्रहरीले गिरफ्तार गरेको हो ।

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेल बलुको पुनले हत्या गरेपछि चलेको आन्दोलनको अगुवाई गरेका मल्लले नै पुनलाई सूचनासमेत दिने गरेको प्रहरीले बताएको छ ।

आन्दोलनको अग्रपङ्तीमा मल्ल पनि हुन्थे । आन्दोलनमा उत्रिएर चर्का भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुन्थे । तर, बैठकमा आएका गोप्य सूचनाहरु मल्लले नै मनोज पुनलाई दिने गरेको प्रमाण फेला परेको रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए ।

यसअघि हिजोमात्रै प्रहरीले एमाले र माओवादीका केही नेताहरुलाई बुटवलबाट गिरफ्तार गरेको थियो । मल्ललाई आजै बुटवल लैजाने प्रहरीले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com