त्रिचन्द्रका विद्यार्थीलाई क्रान्तिकारीको पहलमा टेलिकमले निशुल्क सिम वितरण
प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार
वैैशाख ५, काठमाडौं । नेपाल टेलिकमले काठमाडौंको त्रिचन्द्र क्याम्पसमा निःशुल्क सिम वितरण गरेको छ । बुधबार उक्त क्याम्पसका विद्यार्थीहरुलाई १ हजारभन्दा बढी नेपाल टेलिकमको सिम वितरण गरेको अखिल ९क्रान्तिकारी० त्रिचन्द्र क्याम्पसका अध्यक्ष गोविन्द केसीले खबरडबलीलाई जानकौरी दिए ।
केसीका अनुसार बिहान साढे ८ बजेदेखि साँझ ५ बजेसम्म सिम वितरण गरिएको थियो । निशुल्क सिमका लागि विद्याथीहरुले नागरिकताको फोटोकपी र एक थान फोटो दिएर सिम लिएको उनले बताए । क्रान्तिकारीको पहल निशुल्क सिम वितरण गरेको उनले बताए ।






