नेप्सेमा ३२ अंकको वृद्धि, एक अर्ब १२ करोड बराबरको शेयर कारोबार


प्रकाशित मिति : बैशाख ५, २०७५ बुधबार

वैशाख ५, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज ३१।८३ वृद्धि भई कारोबारमा व्यापकता आएको छ ।

दोहोरो अंकको वृद्धिसहित रु एक अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार १० वटै उपसमूहमा कारोबार रकम अधिकरुपमा बढेको छ । आज १६५ कम्पनीमध्ये १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

हाइड्रोपावर उपसमूहमा सबैभन्दा बढी प्रतिशत अर्थात् ६।९२ प्रतिशतको बढेको छ । विकास बैंक ४।२३, बैंकिङ २।८६, व्यापार २।१५, फाइनान्स २।०४, होटल, उत्पादन र अन्य उपसमूह १ प्रतिशतले बढेको छ भने बीमामा सबैभन्दा कम ०।९२ प्रतिशतले मात्र बढेको छ ।
बीमा रु ३९ करोड ३४ लाख, बैंक ३० करोड २३ लाख, लघुवित्त १५ करोड ७२ लाख तथा जलविद्युत् उपसमूहको १० करोड भन्दाको शेयर कारोबार भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com