गरिबी निवारण कार्यक्रमले सयौं घरधूरी लाभान्वित


प्रकाशित मिति : बैशाख ४, २०७५ मंगलबार

वैशाख ४, काठमाडौं । गरिबी निवारणै कार्यक्रमले आफूहरूको दैनिकी सहज बनेको धादिङ थाक्रे गाउँपालिकाका स्थानीयले बताएका छन् ।

२०६६ सालमा गरिबी निवारण कोषको आर्थिक सहयोग तथा समग्र विकास सेवा केन्द्रको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रमबाट जिल्लाको थाक्रे गाउँपालिका अर्थात् तत्कालीन तसर्फु गाविसको वडा नम्बर ४ र ५ का सयौं घरधूरी लाभान्वित भएको स्थानीय बताउँछन् ।

कोषमा जम्मा भएको ४५ लाख रूपैयाँ आयआर्जनमुलुक काममा लगाउँदा दैनिकी सहज बनेको उनीहरूको भनाइ छ ।

गरिबी निवारण कोषको आर्थिक सहयोग तथा समग्र विकास सेवा केन्द्रले तसर्फमा कार्यक्रमलाई प्रभावकारी बनाउन २० वटा सामुदायिक संस्थालाई जिम्मा दिएको समग्र विकास सेवा केन्द्रका जिल्ला संयोजक र्इश्वर कंडेलले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तसर्फुका स्थानीय एवं मिलिजुली सामुदायिक संस्थाका अध्यक्ष आसमान तामाङले गाउँपालिकामा गरिबी निवारणको कार्यक्रमको प्रभावकारी भएको बताए । उनले भने, गरिबी निवारण कार्यक्रमबाट आएको पैसाबाट यहाँका स्थानीय कृषिपालन, माछापालन,पशुपालनलगायतका काम गरिरहेका छन् ।

समग्र विकास विकासको सामाजिक परिचालिका सुभद्रा तामाङले पनि गरिबी निवारण कार्यक्रमले स्थानीयको दैनिकी फेरिएको बताइन् । श्रमजीवी सामुदायिक संस्थाका सदस्य मंगलबहादुर अइवाले भने बजेट अभावको कारण तसर्फुमा भइरहेको पोखरीचौर लिफ्टिङ खानेपानीको कामले गति लिन नसकेको गुनासो गरे ।

गाउँपालिकाका अध्यक्ष भूमिबहादुर तामाङले कुनै पनि संस्थाले काम गर्न अगाडि स्थानीयलाई जनचेतना दिनुपर्ने सुझाव दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com