आजदेखि झापामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
प्रकाशित मिति : बैशाख ४, २०७५ मंगलबार
वैशाख ४, भद्रपुर ९झापा० स् १०औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबार सुरु हुँँदैछ । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा झापा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता उद्घाटन गर्न खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट आउने तय भएको छ। भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन हुने प्रतियोगितामा क्षेत्रीय स्तरबाट चुनिएर आएका सामुदायिक तथा निजी विद्यालयका खेलाडीले सहभागिता जनाउने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए। प्रतियोगिता बिहीबारसम्म चल्नेछ।






