राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुर आइसीयुमा भर्ना


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

वैशाख ३, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य महन्थ ठाकुर आइसीयुमा भर्ना भएका छन् । स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका हुन् ।

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहका अनुसार ठाकुरलाई एनजीयोग्राफी गरिएकोमा एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको छ ।

नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगे पनि ३० गते भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com